आईपीएल फाईनलः गुजरात र राजस्थान भिड्दै, को बन्ला च्याम्पियन
काठमाडौं । करिब दुई महिना र ७३ खेलको यात्रा पछि, इन्डियन प्रिमियर लिग २०२२ अब अन्तिम बिन्दुमा पुगेको छ । आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनलमा गुजरात टाइटन्स र राजस्थान रोयल्स उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाईनल खेल नेपाली समय अनुसार राति ८ः१५ बजे देखि सुरु हुनेछ । त्यस अघि प्रतियोगिताको समापन समारोह आयोजना गरिनेछ ।
यो दुवै टोलीका लागि स्मरणीय फाइनल हुनेछ । नव आगन्तुक गुजरातका लागि यो अझ अविस्मरणीय हुनेछ किनभने गुजरात आफ्नो पहिलो सिजनै उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ ।
अर्कोतर्फ पहिलो सिजनको च्याम्पियन राजस्थान रोयल्सले १४ वर्षको प्रतिक्षापछि फाइनल खेल्ने मौका पाएको छ ।
यस सिजन दुवै टोली दुई पटक आमनेसामने हुदाँ दुवै पटक गुजरातले जित हात पारेको थियो । । यस अर्थमा गुजरात राजस्थानविरुद्ध हावी भएको छ भन्न सकिन्छ । साथै गुजरातलाई घरेलु मैदानमा समर्थक बिच फाईनल खेल्न पाउदाँ थप उर्जा मिल्ले छ । खेल अहमदाबादमा खेलिने छ करिब १.५ लाख दर्शकले हार्दिक पाण्ड्याको टोलीको पक्षमा समर्थन गर्ने छन् ।
क्वालिफायर १ मा राजस्थानलाई हराउँदै गुजरात फाइनलमा पुगेको हो । अर्कोतर्फ क्वालिफायर २ मा राजस्थान रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । दुवै टोलीमा पावर हिटर ब्याट्सम्यान र उत्कृष्ट बलर हुनु हुन्छ । त्यसैले राजस्थानविरुद्ध हार नबेहोरेको कीर्तिमान गुजरातको पक्षमा भए पनि यसपटक कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
गुजरात
कप्तान हार्दिक पाण्ड्या गुजरातका लागि ट्रम्प कार्ड साबित हुन सक्नु हुनेछ । यस सिजन पाण्ड्याले ४ सय ५३ रन बनाउनु भएको छ । उहाँले नयाँ र पुरानो दुवै बलमा प्रभावकारी बलिङ समेत गरिरहनु भएको छ । उहाँ भन्दाँ अगाडि ओपनर शुभमन गिल र राम्रो फर्ममा रहेका ऋद्धिमान साहाले टिमलाई राम्रो सुरुवात दिन सके पाण्ड्या झनै खतरनाक साबित हुनसक्नु हुनेछ । पाण्डेपछि टोलीसँग डेभिड मिलर र राहुल तेवाटियाको रूपमा दुई उत्कृष्ट फिनिशर पनि हुनु हुन्छ ।
उपकप्तान राशिद खानले यस सिजन धेरै विकेट लिन नसके पनि उहाँको आतंक लगभग सबै ब्याट्सम्यानको अनुहारमा देख्न सकिन्छ । राशिद किफायती बलिङ गर्दै आउनु भएको छ र अन्य बलरहरूलाई विकेट लिन महत्वपूर्ण भूमिका खेल्दै हुनु हुन्छ ।
मिलरको किलर अन्दाज फेरी पनि आरआरलाई भारि पर्न सक्छ । मिलरले पहिलो क्वालिफायरको अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै राजस्थानको मुखबाट जित खोस्नु भएको थियो ।
जहाँसम्म गुजरात टोलीमा परिवर्तनहरूको सवाल छ , प्लेइङ इलेवनमा अल्जारी जोसेफ र लोकी फर्गुसन बीच कसैलाई छनोट गर्न गाह्रो हुन सक्छ । पहिलो क्वालिफायरमा अल्जारीको प्रदर्शनलाई ध्यानमा राखी उहाँलाई फाइनलमा प्लेइङ ११ को हिस्सा बनाउन सक्छ ।
राजस्थान
गुजरात यस सिजनको उत्कृष्ट बलिङ टोलीमध्ये एक रहेको छ । तर, यदि राजस्थानका ओपनर जोस बटलरको ब्याट जुन तरिकाले हल्ला बोलिरहेको छ त्यस्तै प्राकरले फाईनलमा चले गुजरातको बलिङ आक्रमण निस्तेज हुने छ । बटलरका अलावा कप्तान सञ्जु सामसन पनि उत्कृष्ट लयमा देखिनु भएको छ । यो फाइनल खेल हो, त्यसैले सञ्जुले कप्तानीको इनिङ्स खेल्नमा ध्यान दिनुपर्ने छ ।
बलिङमा कृष्णा र म्याकोयको चर्चित जोडीले बेंगलुरुविरुद्ध ६ विकेट सियर गरेको थियो । दुवै बलर फेरि एकपटक आफ्नो लयमा देखिनु भएको छ । तर, मिलरले क्वालिफायर वानमा ह्याट्रिक छक्का प्रहार गर्दै राजस्थानलाई हराउदाँ प्रशिद्ध कृष्णविरुद्ध जुन धावा बोल्नु भएको थियो । पक्कै पनि कृष्णाले मिलरविरुद्ध राम्रो गृहकार्य गरेको हुनु पर्छ ।
युजभेन्द्र चहल सिजनमा सबैभन्दा बढी विकेट लिनबाट मात्र १ विकेट टाढा हुनु हुन्छ । प्लेअफमा चाहलको प्रदर्शन अपेक्षाअनुरुप हुन सकेको छैन । जुन राजस्थानका लागि केही समस्याको बिषय बन्न सक्छ । यदि राजस्थानले फाइनल जित्ने हो भने चहलको पनि महत्वपूर्ण भूमिका हुनेछ । यो खेललाई दुई महान लेग स्पिनरको लडाई पनि भनिएको छ । टीम इन्डियाका स्टार युजवेन्द्र चहल राजस्थान र अफगानिस्तानका राशिद खान गुजरातका लागि मैदान उत्रदै हुनु हुन्छ । यी दुई लेग स्पिनर मध्य जस्ले राम्रो प्रदर्शन गर्यो त्यो टोली हाबी हुने लगभग पक्का छ ।
सम्भवत ११
राजस्थान रोयल्सः यशस्वी जैसवाल, जोस बटलर, सञ्जु स्यामसन (कप्तान र विकेटकीपर), देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रियान पराग, आर अश्विन, ट्रेन्ट बोल्ट, ओबेद म्याकोय, युजवेन्द्र चहल र प्रशिद्ध कृष्णा ।
गुजरात टाइटन्सः शुभमन गिल, ऋद्धिमान साहा (विकेटकीपर), म्याथ्यु वेड, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, राहुल तेवाटिया, राशिद खान, आर साई किशोर, यश दयाल, लोकी फर्ग्युसन र मोहम्मद सामी