तीन बर्षे शुभारम्भीको गुहार, म संसार देख्न चाहान्छु मेरो आंखाको उपचारमा सहयोग गर्नुस
के सी शेर
टेक्सास (अमेरीका)- हो सबै प्राणीमा स्वास्थ्य समस्या आउंछ झन मानिसको स्वास्थ्यमा कतीबेला के समस्या आउंछ थाहा नै हुदैन् यस्तै समस्या अहिले सानी नानी शुभारम्भी गौतममा देखिएको छ र उनलाई हामी सबैको सहयोगको खांचो छ ।
नेपालको पर्बत जिल्ला रामजा देउराली गाविस- २ मा तिन वर्ष अघि जन्मिएकी शुभारम्भीलाई आंखामा समस्या छ भन्ने शुरुमा बुवा आमालाई पनि थाहा भएन किनकी शुभारम्भी बोल्न र आफ्नो समस्या दर्शाउन सक्ने उमेरकी थिइनन् । जव शुभारम्भी २३ महिनाकी पुगीन उनको आंखा रातो हुन थाल्यो र बुवा प्रकाश गौतम र आमालाई लाग्यो छोरीको आंखामा समस्या छ ।
सामान्य गौतम परिवारले पहिलो छोरी शुभारम्भीलाई आंखाको उपचारको लागी पर्वतबाट काठमाडांै तिलगंगा आंखा अस्पतालमा ल्याए र करिब ४ /५ महिनाको उपचार पछि डाक्टरले भनिदिए शुभारम्भीको एउटा आंखा गुमीसकेको छ र एउटा आंखामा क्यान्सर (बच्चाको आंखामा देखिने एक प्रकारको संक्रमन) देखिएको छ बिदेशको राम्रो अस्पतालमा लिएर उपचार गर्नुस ठिक हुनेछ ।
छोरीलाई काठमाडौं सम्म लिएर उपचार गर्दा नै आर्थिक समस्याले पिरोलिसकेका शुभारम्भीका वुवा २९ वर्षिय प्रकाशलाई लाग्यो बिदेश लगेर उपचार गरेपछि एउटा आंखा ठिक हुनेछ र शुभारम्भीले यो संसार देख्नेछिन् । तिलगंगाका डाक्टरले अमेरीका टेक्सासको ह्युष्टनमा रहेको MD Anderson Cancer Center लिएर जानुस त्यहां उपचार हुन्छ भने पछि आफ्नो जायजेथा बेचेर छोरीलाई जसोतसो यहां पुर्याएका छौं ह्युष्टनबाट प्रकाशले टेलिफोनमा भने – “छोरीको आंखाको उपचारका लागी सबै जायजेथा बेचियो अव सबैको सहयोग पाएमा छोरीको आंखाको ज्योती फर्किनेछ र छोरीले यो संसार देख्नेछिन भनेर सबैमाझ हात फैलाएका छौं ।”
छोरीको आंखाको उपचारका लागी अमेरीका सम्मको बाटो तताउनु पनि सहज भएन प्रकाशलाई अहिले छोरीलाई उपचार गराइरहेको अस्पतालले शुरुमा २२ हजार ९ सय डलर नेपालमै हुंदा डिपोजिट गर्न लगायो अनी स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, तिल गंगाका डाक्टर लगायतको सिफारिस पछि अमेरीकी दुतावासले ६ महिनाको भिसा दियो । नेपाली करिब २३ लाख रुपैंया रिन गरेर यहां अस्पतालको लागी जम्मा गरियो शुभारम्भीका वुवा प्रकाशले मलिन श्वरमा भने- “सबै सम्पती सकेर भएनी छोरीको उपचारमा लाग्यौं त्यतीले नी नपुगेर तीन हप्तादेखी छोरीको उपचार बन्द भएको छ ।”
अस्पतालले ९० हजार डलरको बिल दिइसकेको छ भने बांकी ८० हजार डलर सम्म लाग्ने अनुमान गरेको छ प्रकाशले भने -“यत्रो पैसा कसरी जम्मा गरेर छोरीको उपचार गरौं ।”
छोरी शुभारम्भी पनि अहिले सामान्य बोल्ने भइसकेकी छिन् र बुवा आमालाई साध्ने गर्छिन म किन देख्दैन भनेर तर ती अबोध नानीलाई के थाहा एउटा आंखा गुमीसकेको छ र अर्कोमा नी क्यान्सर छ भनेर । शुभारम्भीले बाबा ममी मलाई आंखा देख्ने बनाउनुस भन्छिन वुवा प्रकाशले भने- अबोध छोरीलाई कसरी सम्झाउं ।
शुभारम्भीको उपचार सानोतिनो रकमले सम्भव छैन त्यो पनि अमेरीकामा उपचार कति महंगो छ भन्नै पर्दैन त्यसैले ह्युष्टनबाट शुभारम्भीको उपचारका लागी नेपाली संघ संस्थाले आर्थिक सहयोग संकलन शुरु गरेका छन भने गो फण्ड मार्फत पनि केही रकम संकलन भइरहेको छ । एउटा सानी नेपाली नानीलाई उपचारको लागी उनका वुवा आमाले नेपालबाट अमेरीका ल्याएका छन आफ्नो सबै जायजेथा बेचेर यहां फेरी आर्थिक संकटमा रहेको यो परिवारलाई तपाई हाम्रो सानो सहयोगले पनि केही राहत मिल्छ है । छोरी शुभारम्भीलाई लिएर टेक्सासको ह्युष्टन आएका वुवा आमाले पनि सबैले सक्दो आर्थिक सहयोग गरेर छोरीको आंखाको ज्योती फर्कादिन अनुरोध गरेका छन् ।
सहयोग गर्न यो लिंकमा जानुहोस ।
https://www.gofundme.com/treatment-of-child?d=157629526#