तारा एअरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि
काठमाण्डौ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला, मानापाथी हिमालको फेदीमा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।
पोखराबाट जोम्सोङका लागि उडेको तारा एयरको 9N एईटी टि्वनअटर विमान केहीबेर अघि दुर्घटनामा परेको थियो ।
नेपाल टेलिभिजनका कास्की सम्वादददाता रमेश पौडेलले दिनु भएको जानकारी अनुसार पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको थियो । विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ ।
नेपाल टेलिभिजनका कास्कीस्थित अर्का संवाददाता परशुराम शर्माका अनुसार विमानमा ४ जना भारतीय तथा २ जना जर्मन नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।
विमान आज विहान करिव १०ः ३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन । जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।
जहाजमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ जना सदस्य पनि छन् ।