लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिवियासंगको सिरिजको खेल तालिका सार्वजनिक
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल, स्कटल्याण्ड र नामिवियाबीच जुलाईमा खेलिने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
सिरिज अन्तर्गत नेपालले जुलाई ११ मा नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्ने छ । यसैगरी दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डसँग जुलाई १३ मा खेल्ने छ भने तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ मा हुने छ । चौथो तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने छ ।
त्यस अघि नेपालले अमेरिका र ओमानसंग अमेरिकामा लिग–२ अन्तर्गतकै त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । साही सिरिजका लागी हाल नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका भ्रमणमा रहेको छ । उक्त सिरिज अघि नेपाली टिमले त्यहाँका २ वटा क्लबसँग अभ्यास खेल खेल्ने छ ।
अभ्यास अन्तर्गत नेपालले पहिलो खेल नेपाली अलस्टारसँग खेल्नेछ भने दोस्रो खेल माइनर लिग खेल्ने टिम ह्यूस्टन हुरिकेन्ससँग खेल्नेछ । नेपालले जेठ १९ मा नेपाली अल स्टार र जेठ २१ मा ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्ने छ ।
अमेरिका भ्रमण अन्तर्गत नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । त्यपछि दोस्रो खेलमा जेठ २६ ओमानसं खेल्दाँ जेठ २८ ले ओमान र सिरिजको अन्तिम खेलमा असार १ गते अमेरिकासंग खेल्ने छ ।
लिग २ मा नेपालले हाल सम्म १२ खेल खेल्दै ६ जित सहित १२ अंक जोडेको छ । आईसीसी विश्वकप लिग टूमा प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ जित सहित ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड २६ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।