गुजरातलाई च्याम्पियन बनाउने पाँच हिरो
एजेन्सी । आईपीएल १५ को फाइनल खेलमा राजस्थानलाई हराउँदै गुजरात टाइटन्स डेब्यू सिजनमै च्याम्पियन बन्न सफल भयो । पहिलो सिजनमै ट्रफी जित्ने राजस्थानपछि गुजरात दोस्रो टोली समेत बन्यो । सन् २००८ मा राजस्थानले ट्रफी जित्दा प्रतियोगिताको सबैभन्दा कमजोर टोली मानिन्थ्यो, तर यस वर्ष गुजरातले जस्तै उनीहरूले एकपछि अर्को खेल जित्दै उपाधि आफ्नो नाम गरेको थियो ।
हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले प्रतियोगिता भर एक टिमको रुपमा प्रदर्शन गर्यो । टोलीले लिग चरणमा १४ खेलमध्ये १० खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहदाँ हरेक खेलमा कुनै न कुनै खेलाडीले टीमको जिम्मेवारी लिएको देखिन्छ । टोलीमा भारत र विश्वका ठूला खेलाडी नभए पनि विभिन्न खेलाडीले महत्वपूर्ण अवसरमा टोलीलाई फिनिसिङ लाइनमा पु¥याए । यो सिजन गुजरातका लागि सबैभन्दा ठूलो म्याच विनरको रूपमा उभिएका पाँच खेलाडीहरूको बारेमा जानौं ।
हार्दिक पाण्ड्याः फिटनेसमा शंका थियो तर प्रतियोगिता भर म्याच विनरको रूपमा खेल्नु भयो
हार्दिक पाण्ड्या अलराउन्डर र कप्तानको रूपमा गुजरातका लागि सबैभन्दा ठूलो म्याच विनरको रूपमा उभिनु भयो । एकातिर आइपीएल अघि हार्दिकले आफ्नो फिटनेसका कारण सबै खेल खेल्न पाउने कि नपाउने भन्ने चिन्ता सबैलाई लागेको थियो । गुजरातले उहाँलाई लिलामीअघि १५ करोड भारतिय रुपयाँ तिरेर ड्राफ्टमा मात्रै लिएन कप्तान समेत नियुक्त गर्यो ।
हार्दिकले गुजरातले दिएको जिम्मेवारी पूर्ण रुपमा बहन गर्नु भयो र आईपएिल १५ मा आफ्नो प्रदर्शन मार्फत टोलीलाई डेब्यु सिजनमै च्याम्पियन बनाउनु भयो । म ध्यक्रममा ब्याटिङ गर्दै पाण्ड्याले टोलीका लागि १५ खेलमा ४ सय ८७ रन बनाउनु भयो । यस क्रममा उहाँको ब्याटबाट ४ अर्धशतक प्रहार हुदाँ स्ट्राइक रेट १ सय ३१.२७ थियो । प्रतियोगिताअघि चोटका कारण निकै कम बलिङ गर्नु भएका पाण्ड्याले आईपीएल–१५ मा पनि मध्यम बलिङ गर्दै १५ खेलमा ८ विकेट लिनु भयो । यस अवधिमा उहाँको ईकोनोमी पनि ८ भन्दा तल रह्यो । फाइनल खेलमा हार्दिकले १७ रन खर्च गर्दै ३ विकेट लिएर राजस्थानलाई ठूलो स्कोर बनाउन दिनु भएन । जसको फलस्वरूप गुजरातले सहजै लक्ष्य पछ्याउँदै च्याम्पियन बन्यो ।
यस सिजन हार्दिक पाण्ड्याको कप्तान अवतार सबैले मन पराए । उहाँको नेतृत्वमा, टोली सधैं मैदानमा उत्प्रेरित देखियो र लिग खेलहरूमा अंक तालिकाको शीर्षमा रहेर च्याम्पियन बन्न सफल भयो ।

डेभिड मिलरः करियरको उत्कृष्ट प्रदर्शन, १६ मध्ये ९ खेलमा नटआउट
दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान डेभिड मिलरका लागि यस सिजनको आईपीएल उहाँको करियरको सबैभन्दा सफल सिजन साबित भयो । २०१४ पछि मिलरले आईपीएलमा रन बनाउन संघर्ष गरिरहनु भएको थियो । यसका बाबजुद पनि गुजरात टाइटन्सले लिलामीमा ३ करोड भारु तिरेर उहाँको फिनिसिङ क्षमतामा विश्वास मात्र देखाएन, प्रत्येक खेलको प्लेइङ ११ मा पनि स्थान दियो ।
मिलरले टिम व्यवस्थापनको यो विश्वासलाई आफ्नो प्रदर्शनबाट प्रमाणित गर्नु भयो । आफ्नो आईपीएल करियरको उत्कृष्ट सिजन खेल्दै किलर–मिलरले प्रतियोगिताका १६ खेलमा ६८ भन्दा माथिको औसतमा ४ सय ८१ रन बनाउनु भयो । यस क्रममा उहाँको स्ट्राइक रेट १४२.७३ थियो र उहाँको ब्याटले दुई अर्धशतक पनि प्रहार गर्यो । मिलर १६ खेलमा ९ पटक नटआउट रहदै प्याभिलियन फर्कनु भएको थियो । प्रतियोगिताको पहिलो क्वालिफायरमा गुजरातलाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा मिलरले ३ बलमा लगातार ३ छक्का प्रहार गर्दै टोलीलाई फाईनल पुर्याउनु भएको थियो ।

राहुल टिवाटियाः खेलको अन्तिम दुई बलमा दुई छक्का प्रहार गर्दै दिलाए जित
९ करोड भारतिय रुपयामा किनिनु भएका राहुल टिवाटियाले गुजरातका लागि पटक पटक म्याच विनिङ्ग पारी खेल्नु भयो । प्रतियोगितामा उहाँको फिगर कमजोर देखिन सक्छ तर लिग खेलहरूमा उहाँको प्रभाव एकदमै देखिन्थ्यो । पञ्जाबविरुद्धको खेलको अन्तिम दुई बलमा गुजरातलाई १२ रन आवश्यक हुँदा तेवाटियाले दुई छक्का प्रहार गरी टोलीलाई जित दिलाउनु भएको थियो । यस्तै एक अर्को खेलमा पनि तेवाटियाले रासिद खानसंग २४ बलमा ५९ रनको साझेदारी गर्दै खेल जिताउनु भएको थियो ।
राहुल टिवाटियाले प्रतियोगिताको १६ खेलमा २ सय १७ रन बनाबनाउनु भयो । यस क्रममा उहाँको औसत ३१ र १४७.६२ को स्ट्राइक रेट थियो । तेवाटियाले आफ्नो द्रुत इनिङ्सले गुजरातलाई एकभन्दा बढी अवसरमा अन्तिम ओभरमा जित दिलाउनु भयो र टोलीलाई सजिलै प्लेअफमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्नु भयो ।

राशिद खानः एक बलर, तर २ सय भन्दा बढीको स्ट्राइक रेटमा रन
अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खान, विश्वका शीर्ष टी–२० बलरहरू मध्ये एक र यस अघिनै स्थापित म्याच विजेता हुनु हुन्छ । उहाँले यस सिजन पनि आफुलाई प्रमाणित गर्नु भयो । गुजरातले उहाँ लाई लिलामी अघि १५ करोड भारुमा ड्राफ्टमा लिएको थियो र त्यसको फाइदा टोलीले पुरै सिजन भर उठायो । राशिदले यस सिजन बलरको सट्टा अलराउन्डरको रूपमा प्रदर्शन गर्नु भयो ।
सिजनका १६ खेलमा राशिद खानले आफ्नो चर्चित मिस्ट्री बलिङ गर्दै १९ विकेट लिनु भयो । रन दिने मामिलामा उहाँ निकै कञ्जुस देखिनु भयो । यस सिजन उहाँको इकोनोमी ६.६० थियो । रसिदले ब्याटिङमा पनि २ सय भन्दा बढीको स्ट्राइक रेटमा रन बनाउनु भयो । कतिपय अवसरमा उहाँले अन्तिम ओभरमा बाउन्ड्री प्रहार गरेर टोलीको स्कोरमा ठूलो योगदान दिनु भयो । उहाँलाई पूरै प्रतियोगितामा ४४ बलको सामना गर्ने अवसर मिल्दाँ ९१ रन जोड्नु भयो । हैदरावादविरुद्ध राशिदले ११ बलमा ३१ रनको आक्रमक ब्याटिङ गर्दै टोलीलाई जित दिलाउनु भएको थियो ।
हार्दिक पाण्ड्याको अनुपस्थितिमा रसिदले टोलीको कप्तानी पनि राम्रोसँग सम्हाल्नु भएको थियो । जसले व्यवस्थापनलाई भविष्यको लागि राम्रो विकल्प दिएको छ ।

मोहम्मद शामीः सिजनको पहिलो बलमा केएल राहुललाई क्लिन बोल्ड, पावरप्लेमा सर्वाधिक विकेट लिने खेलाडी
मोहम्मद शामीले सिजनको आफ्नो पहिलो बलमा केएल राहुललाई बोल्ड गरेर गुजरातका लागि शगुनको नरिवल फोड्ने काम गर्नु भएको थियो । मोहम्मद शामीको तेज बलिङ र उहाँको अनुभवले सिजनको हरेक खेलमा गुजरातलाई सुरुदेखि नै खेलमा राखेको थियो । पावरप्ले र डेथ ओभरमा बलिङको जिम्मेवारी राम्रोसँग सम्हाल्नु भएका शामीले सिजनका १६ खेलमा २० विकेट लिनु भयो । इनिङ्सको सबैभन्दा कठिन अवसरमा बलिङ गर्दा पनि शामीको इकोनोमी रेट मात्र ८ थियो । शमीलाई लिलामीमा टाइटन्सले ६.२५ करोड भारुमा किनेको थियो ।
पावरप्लेमा बलिङ गर्दा, शामीले सिजनमा सबैभन्दा बढी ११ विकेट लिनु भयो र यस अवधिमा उनको ईकोनोमी ७ भन्दा कम थियो । सामीको घातक बलिङकै कारण गुजरात बलिङ गर्दा प्राय सबै खेलको पावरप्लेमा विपक्षी ब्याट्सम्यानको महत्वपूर्ण विकेट लिन सफल भयो र विपक्षीलाई ब्याक फुटमा धकेल्न सफल भयो ।
