अन्तरिक्षमा स्याटेलाईटहरुको भिड, अध्ययनकर्ताहरु लाई सकस
एजेन्सी ।एउटा ठूलो सहरको ट्राफिक सिग्नलमा गाडीहरुको जाम कल्पना गर्नुहोस् । जाहाँ सैयौं गाडीहरुको लाइन टाढाबाट देख्न सकिन्छ । ठिक यस्तै अवस्था छ हाम्रो अन्तरिक्षको पनि । विगत केही वर्षयता प्रक्षेपण गरिएका हजारौ उपग्रह (स्याटेलाईट) का कारण खगोलविद्हरू निकै समस्यामा परेका छन् । खगोलविद्हरू रातमा तारा र ग्रहहरू हेर्न कोशिस गर्छन्, तर (स्याटेलाईटहरु) को चमकका कारण तार र ग्रहहरु देख्न कठिन हुने तथा धमिलो देखिने उहाँहरुको गुनासो छ । त्यस्तै टेलिस्कोपबाट खिचिएका तस्विरहरूमा पनि प्रकाशको रेखा देखिने भएकाले खगोलविद्हरूलाई अध्यनगर्न अझ धेरै चुनौती थपिएको छ ।
अमेरिकी अरवपति ईलोन मस्कको क्यालिफोर्नियामा रहेको स्पेसएक्स कम्पनीले तीन वर्षअघि पहिलो स्याटेलाइट स्टारलिंक प्रक्षेपण गरेको थियो । त्यसयता धेरै स्टारलिंक स्याटेलाईटहरु अन्तरिक्षमा प्रक्षेपण गरिएका छन् । हाल स्टारलिंकका २ हजार ३ सय भन्दा बढी स्याटेलाईटहरुले पृथ्वीको परिक्रमामा गरिरहेका छन् । यो संख्या अन्तरिक्षमा रहेका सबै सक्रिय उपग्रहहरूको संख्याको आधा हो । हालैको अध्ययनले निकट भविष्यमा, आकाशको ५० डिग्री दक्षिण र ५० डिग्री उत्तरमा सबैभन्दा बढी स्याटेलाईटहरु देखिने बताएको छ । अन्तरिक्षको यस क्षेत्रबाट युरोपेली र क्यानाडाली खगोलविद्हरू मिल्की वे ग्यालेक्सी अवलोकन गर्न सबैभन्दा बढी भेला हुने गर्दछन् ।
भविष्यमा देखिने प्रत्येक १४ तारा मध्ये १ स्याटेलाईट हुनेछ
यदि स्पेसएक्स र अन्य कम्पनीहरूले योजना अनुसार ६५ हजार स्याटेलाईटहरु अन्तरिक्षमा पठाईए भने संक्रांतिको समयमा, रातको आकाशमा चम्किलो थोप्लाहरू देखिनेछन् । यति मात्र होइन, सूर्योदय र सूर्यास्तमा सामान्य आँखाले देख्न सक्ने प्रत्येक १४ तारा मध्ये एउटा स्याटेलाईट हुनेछ । युनिभर्सिटी अफ वाशिङटनका खगोलविद् मेरिडिथ राल्स भन्नु हुन्छ, ‘केही वर्षभित्र हजारौं नयाँ उपग्रह प्रक्षेपण गरिने छन् । यस्तो अवस्थामा स्थिति भयावह हुन सक्छ । ‘
क्यालिफोर्नियाको माउन्ट पालोमारमा रहेको १.२ मिटरको टेलिस्कोप अब्जर्भेटरीले अगस्ट २०२१ मा खिचिएका तस्बिरहरूको १८% तस्बिरहरुमा स्याटेलाईटहरुको उज्यालो रेखाहरू देखिएका थिए । २०२२ अप्रिलमा अब्जर्भेटरीले खिचेका तस्बिरहरु मध्य २५ % तस्बिरहरुमा स्याटेलाईटहरुको उज्यालो रेखाहरू पाईएका थिए । स्याटेलाईटहरुको प्रकासका कारण पर्यवेक्षकको धेरै मूल्याङ्कन गलत भएको हुन सक्ने खगोलविद् मेरिडिथ राल्स भन्नु हुन्छ । ।
स्याटेलाइटमा सन–ब्लकिङ शेड जडान गरिँदै
स्याटेलाइट कम्पनीहरूले हालसम्म यो समस्याको समाधान खोज्न सकेका छैनन् । स्पेसएक्सले यस दिशामा प्रयास गरेको छ र आफ्नो उपग्रहहरूमा यस्तो तह लगाउन थालेको छ ताकि स्याटेलाइटहरु रातमा सूर्यको किरणमा चम्कन नसकुन । योसँगै वैज्ञानिकहरूले स्याटेलाइटहरुको लोकेसन समेत ट्रयस गर्ने प्रणली समेत विकश गर्दै छन् । उदाहरणका लागि, इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले एउटा वेबसाइट सुरु गर्न लागेको छ, जसले उपग्रहहरूको स्थान दिखाउने छ । ताकि खगोलविद्हरूले आफ्नो टेलिस्कोपलाई अर्को दिशामा सेट गर्न सकुन् ।