चोट र कोरोनाले पीएसजीसंगको पहिलो सिजन कठिन भयोः मेस्सी
फ्रान्स । स्टार फवार्ड लियोनेल मेस्सीले चोट र कोरोनाले पेरिस सेन्ट–जर्मेनसँगको आफ्नो पहिलो सिजन कठिन भएको बताउनु भएको छ ।
३४ वर्षीय मेस्सीले यस सिजन २६ लिग–१ खेलमा ६ गोल र १४ असिस्ट गर्नु भयो । साथै सात च्याम्पियन्स लिग खेलमा पाँच गोल गर्नु भयो । तर विभिन्न रोगका कारण उहाँले लिग–१ खेल, घरेलु कप खेल र च्याम्पियन्स लिगका केही खेल गुमाउनु भयो । मेस्सीले पहिलो सिजन कठिनमा पर्ने ठूलो कारक चोट र कोरोना भएको बताउनु भयो ।
टीवाईसी स्पोर्ट्ससँग कुरा गर्दै, उहाँले बार्सिलोनामा आरामदायी सेटअपबाट फ्रान्स आउदाँ नयाँ चुनौती लिन गाह्रो भएको बताउनु भयो । चोट र कोरोनाका कारण प्रयाप्त प्रशिक्षण अभावको कारण टिमले सोचे जस्तो प्रदर्शन गर्न नसकेको मेस्सीले स्विकार्नु भएको छ ।
“ ईमानदारीपूर्वक भन्दाँ बार्सिलोनाबाट बाहिरिएपछि नयाँ चुनौती थपियो र एक कठिन वर्ष गुजार्नु पर्यो । किनभने यसलाई अनुुसरण गर्न सजिलो थिएन,“ उहाँले भन्नु भयो । “बार्सिलोनामा, मसँग धेरै वर्षदेखि खेल्ने टोलीका साथीहरू थिए । उहाँहरूले मलाई हृदयदेखि चिन्थे । तर पीएसजी मेरो लागि नयाँ थियो ।
मेस्सीले भन्नु भयो,“मैले लिग–१ मा ढिलो गरि प्रवेश गरे । किनभने म क्लबमा ढिलो आइपुगेको थिएँ । त्यसपछि मलाई घुँडामा चोट लागेको थियो र केहि समयको लागि बाहिर भएँ । यस दैरान मैले धेरै खेलिन । नयाँ वर्षमा म कोरोना संक्रमित भए । जस्को कारण यो सिजन मैले सोचे जस्तो हुन सकेन “। एजेन्सी ।