हार्दिकमा धोनीको छवि, मांजरेकर
आईपीएल २०२२ मा आफ्नो शानदार कप्तानीले सबैको मन जित्नु भएका अलराउन्डर हार्दिक पाण्ड्याको बारेमा भारतीय टीमका पूर्व क्रिकेटर तथा कमेन्टेटर सञ्जय मांजरेकरले ठूलो बयान दिनु भएको छ ।
मांजरेकरले ईएसपीएन क्रिकइन्फो एक शोमामा हार्दिकको कप्तानीमा धोनीको छवि देखिएको बताउनु भयो । हार्दिकको कप्तानीमा गुजरात टाइटन्स पहिलो पटक आईपीएलमा सहभागी भएको थियो र फाईनलमा राजिस्थानलाई पराजित गर्दै त्तयाम्पियन बनेको थियो ।
‘हार्दिकले फाइनल खेलमा राम्रो बलिङ गर्नु भयो । ब्याटिङमा पनि उहाँले महत्वपूर्ण नम्बर ४ मा खेल्दै सिजनभर उत्कृष्ट ब्याटिङ गर्नु भयो । उहाँको कप्तानीमा धोनीको झलक देखियो‘, मांजरेकरले भन्नु भयो,‘ उहाँ हरेक खेलमा निकै शान्त देखिनु हुन्यो र टोलीको आवश्यकता अनुसार निर्णय लिनु भयो । उहाँ कप्तानीको मजा लिइरहेको र शान्त देखिनु भयो । यस्तो धोनीले मात्र गर्नु हुन्यो ‘।
मञ्जरेकरले पाण्डेले फिल्डिङ र बलिङमा पनि परिवर्तन गरिरहेको बताउनु भयो । धेरै हदसम्म धोनीले पनि त्यस्तै गर्नु हुन्छ । हार्दिक गुजरात अघि मुम्बईको टोलीमा हुनु हुन्यो । , तर यस वर्ष उहाँलाई मुम्बईले रिटेन नगर्दा गुजरातले ड्राप्त मार्फत १५ करोड भारतिय रुपयाँमा खरिद गर्यो ।
आईपीएल ट्रफी जितेपछि हार्दिकको अर्को लक्ष्य भारतलाई लागि विश्वकप जिताउने बताउनु भएको थियो । च्याम्पियन बनेपछि हार्दिकले स्टार स्पोर्ट्ससँगकुरा गर्दै भन्नु भएको थियो, ‘मैले कुनै पनि हालतमा टीम इन्डियाका लागि विश्वकप जिताउनु पर्छ । यसका लागि मसँग जे छ, म सबै दिन तयार छु‘ ।