सेल्टर नेपालले केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल कार्यक्रम गर्ने
काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा सेल्टर नेपालले केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल सम्बन्धित कार्यक्रम आयोजना गर्ने भएको छ । सेल्टर नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ’प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ नामक कार्यक्रम संचालन गरिने जनाएको हो ।
जेलभित्र रहेका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोग साथी उनीहरुमा आत्मविश्वास जगाउने उदेश्यले कार्यक्रम गर्न लागेको सेल्टर नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको गरिएको छ ।
कार्यक्रम आगामी जुन ५ देखि सुरु हुनेछ । यो एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् । यो कार्यक्रमबाट एक वर्षभित्र कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ ।
पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्नेछ । प्रशिक्षकलाई डी लाईसेन्स, रेफ्रीलाई क्याटोगरी ४ एन्फा रेफ्री प्रमाण पत्र र खेलाडीलाई सहभागी प्रमाण पत्र प्रदान गरिनेछ । रेफ्रीमा भने महिला सेलमा रहेका मात्र छनोट गरिने बताईएको छ ।
यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ । दोस्रो चरणको प्रशिक्षण डिसेम्बर १ देखि आगामी वर्षको मे १ मा सकिनेछ ।