अर्जेन्टिना च्याम्पियन
फाइनलसिमा–२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गर्नु भयो । खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाउनु भयो । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाउदाँ खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाउनु भयो ।
फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ । इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।