पहिलो अभ्यास खेलमा नेपालले नेपाली अल स्टार्ससँग खेल्दै
काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतका त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा आज (बिहिबार) नेपाली अल स्टार्ससँग खेल्दै छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेलिने दुई टोलीबिचको खेल नेपाली समय अनुसार राती ९ः १५ सुरु हुनेछ ।
नेपाल सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रदाँ अल स्टार्सको नेतृत्व पृथु बाँस्कोटाले गर्नु हुनेछ । अल स्टार्समा नेपाली क्रिकेटर ब्याटर पृथु बाँस्कोटा सहित भेट्रान स्पिनर बसन्त रेग्मी, कनिष्क चौगाई, बरदान चालिसे लगाएतका नेपाली खेलाडीहरु हुनु हुन्छ । यस्तै न्युजिल्यान्डका अलराउन्डर कोरी एन्डरसन पनि अल स्टार्सबाट नेपाल विरुद्ध खेल्दै हुनु हुन्छ । यस्तै नेपालले शनिबार ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्ने छन् ।
नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली हाल अमेरिका भ्रमणमा छ ।
अमेरिका भ्रमण अन्तर्गत नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । त्यपछि दोस्रो खेलमा जेठ २६ ओमानसं खेल्दाँ जेठ २८ ले ओमान र सिरिजको अन्तिम खेलमा असार १ गते अमेरिकासंग खेल्ने छ ।
लिग २ मा नेपालले हाल सम्म १२ खेल खेल्दै ६ जित सहित १२ अंक जोडेको छ । आईसीसी विश्वकप लिग टूमा प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ जित सहित ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड २६ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।
नेपाली अल स्टार्सको टोली
पृथु बाँस्कोटा (कप्तान), कोरी एन्डरसन, वसन्त रेग्मी, एन्ड्रिज गस, हम्रित सिंह, मोहम्मद इलायस, नितिश कुमार, शड्ली भ्यान शल्कविक, स्मित पटेल, उदय कौल, कनिष्क चौगाईं, गौरभ बजाज, आदिल भाटी, रेहमान डर र विपुल शर्मा ।