आईपीएलमा शामीको अचम्मको कीर्तिमान
काठमाडौ / इन्डियन प्रिमियर लिग आईपीएलको १५ सिजन सिजन हालै समाप्त भयो । गुजरात टाइटन्सले डेब्यू सिजनमै उपाधि जित्न सफल भयो । अहमदाबादको फ्रेन्चाइज टोली गुजरात प्लेअफमा पुग्ने पहिलो टोली थियो ।
पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको गुजरातले फाईजलमा पनि राजस्थान रोयल्सलाई ११ बल बाँकी रहँदै ७ विकेटले पराजित गर्यो । हार्दिक पाण्ड्या र कम्पनीले विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम, अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा उपाधि उचाले ।
जोस बटलरले सिजनमा सबैभन्दा धेरै रन बनाएर ओरेन्ज क्याप जित्नु भयो । अर्कोतर्फ, युजभेन्द्र चहलले सिजनमा सबैभन्दा बढी विकेट लिएर पर्पल क्याप जित्नु भयो ।
यसैबीच, गुजरात टाइटन्सका फास्ट बलर मोहम्मद शामीले इन्डियन प्रिमियर लिग आईपीएलको इतिहासमा नयाँ कीर्तिमान बनाउनु भएको छ । अनुभवी फास्ट बलरले यो सिजनमा ब्याटिङ गर्नु परेन । उहाँ ब्याटिङमा नआउदै आईपीएल सिजनका सबै खेल खेल्ने पहिलो क्रिकेटर बन्नु भएको छ ।
उहाँले आईपीएल–१५ मा गुजरातका लागि सबै १६ खेलहरूमा ब्याटिङ गर्नु भएन । शामीले यस सिजन सबै १६ खेल खेल्दै २० विकेट लिनु भयो ।