अभ्यास खेलमा नेपाल पराजित
ह्युस्टन / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल नेपाली अल स्टार्ससंग पराजित भएको हो ।
पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार राति सम्पन्न खेलमा नेपाल नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ९१ रनको लक्ष्य अल स्टार्सले ३३ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । अल स्टार्सको जितमा विपुल शर्माले ५० रनको अर्धशतकीय इनिङ खेल्नु भयो । यस्तै एन्ड्रिज गौसले ४५ रन जोड्दा गौरभ बजाजले अविजित ४० रन बनाउनु भयो ।
नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले पाँच विकेट हात पारेपनि टिमको हार टार्न सक्नु भएन ।
त्यसअघि पहिले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा सबै विकेट गुमाउदै १ सय ९० रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि आरिफ शेखले अविजित रहदै सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ खेल्नु भयो । यस्तै विनोद भण्डारीले २६ रन जोड्दा करण केसीले २१ रन बनाउनु भयो ।
अल स्टार्सका मार्टिन कैनले ३ विकेट लिदाँ मोहम्मद इलायस र आदिल भाटीले समान २–२ विकेट लिनु भयो । नेपालले दोस्रो अभ्यास खेलमा शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ ।