स्पेन र पोर्चुगलले अंक बाडे
काठमाडौ / युईएफए नेसन्स लिग अन्तर्गत विहिबार राति सम्पन्न खेलमा स्पेन र पोर्चुगलले बराबरी खेल्दै अंक बाडेका छन् ।
बेनिटो विलामारिनमा सम्पन्न लिग १ समूह बी समूह बीको खेलमा स्पेन र पोर्चुगलले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगलले बराबरी खेल्दै अंक बाडेका छन् ।
स्पेनका लागि खेलको खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै खेलको ८२ औं मिनेटमा पोर्चुगलका लागि रिकार्डो होर्टाले गोल गर्नु भयो ।
बराबरीसँगै लिग ए समूह २ को स्पेन र पोर्चुगलले पहिलो खेलमा १ अंक जोडेका छन् । अंकतालिकामा स्पेन तेस्रो र पोर्चुगल दोस्रो स्थानमा छन् ।
यसै समूहको अर्को खेलमा चेक रिपब्लिकले स्विजरल्याण्डलाई २–१ ले हराएको छ । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहदाँ अंक विहिन स्विजरल्याण्ड समूहको पुछारमा रहेको छ ।