मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले ओमानको सामना गर्दै
काठमाडौं / एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले मैत्रीपूर्ण अभ्यास खेलमा ओमानको सामना गर्दैछ । कतारको सुहिम बिन हामद स्टेडियममा खेलिने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
यस अघि नेपालले टिमोर लिस्टेसँग खेलेको मैत्रीपूर्ण अभ्यास खेलमा २–२ गोलको बराबरी तथा श्रीलंकासंग १–१ को बराबरी खेलेको थियो ।
मैत्रीपूर्ण अभ्यास खेल पछि नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
नेपाली टोलीः
गोलकिपरः दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा ।
डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल ।
मिडफिल्डरः आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी ।
फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ ।
खल्ती डेस्क