प्लानिङ ब्वाइज ’बी’ डिभिजन लिगमा बढुवा
काठमाडौ । सहिद स्मारक ’सी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा सानदार जित हात पार्दै प्लानिङ ब्वाइज युनाईटेड सहिद स्मारक ’बी’ डिभिजन लिगमा बढुवा भएको छ ।
दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा ओसिस क्लबलाई ५–० गोल अन्तरले हराउँदै प्लानिङ दोस्रो डिभिजनमा बढुवा भएको हो ।
प्लानिङ ब्वाइजको जितमा फागुराम थारुले ह्याट्रिक तथा अर्जुनकुमार राना र ओमप्रकाश चौधरीले एक गोल गर्नु भयो । थारुले खेलको तेस्रो, आठौं र १६ औं मिनेटमा गोल गोल गर्दा । राणाले ४३ औं मिनेट र चौधरीले ८२ औँ मिनेटमा गोल गर्नु भयो ।
यस्तै आरसी ३२ को ’बी’ डिभिजन लिगमा बढुवा हुने सफना भने चकनाचुर भएको छ । जित्नै पर्ने खेलमा स्पोर्ट एकेडेमी संघसँग गोलरहित बराबरीमा रोकिएपछि आरसी ३२ फुटबल एकेडेमी दोस्रो डिभिजनमा बढुवा हुन सकेन ।
यस जितसँगै १३ खेलमा ९ जित र ४ बराबरी खेलेको प्लानिङ १३ खेलमा ३१ अंक सहित शीर्ष दुईमा स्थान सुरक्षित गरेको हो । प्लानिङ यस सिजन अविजित रहने एकमात्र टोली हो । यस्तै झापा फुटबल क्लब यस अघि नै बढुवा भईसकेको छ ।
प्लानिङसंग पराजित ओसिस भने रेलिगेसनमा परेको छ । विरगंज युथ एकेडेमी पनि यस अघि नै रेलिगेसनमा परिसकेको छ ।