बेल्जियमविरुद्ध नेदरल्याण्ड्सको सानदार जित
काठमाडौं । यूईएफए नेसन्स लिगमा नेदरल्याण्ड्सले बेल्जियमविरुद्ध सानदार जित हात पारेको छ । मेम्फिस डिपाएको दुई गोलको मद्दतमा नेदरल्याण्ड्सले बेल्जियमलाई ४–१ गेल अन्तरले पराजित गरेको हो ।
लिग ए को समूह चार अन्तर्गत शुक्रबार राति भएको खेलमा डच टोलीका लागि डिपाएले ५१ औं र ६५औं मिनेटमा गोल गर्दा स्टेभेन बर्जविनले ४०औं र डेन्जल डम्प्राइजले ६१औं मिनेटमा गोल गर्नु भयो । बेल्जियमका लागी मिची बत्सुयाईले खेलको अतिरिक्त समयमा गोल गर्नु भयो ।
जितसंगै ३ अंक जोडेको नेदरल्याण्ड्स समूहको शिर्ष स्थानमा उक्लिएको छ भने बेल्जियम पुछारमा रहेको छ । यस समूहको दोस्रो स्थानमा ३ अंक सहित पोल्यान्ड रहेको छ । समूहको तेस्रो स्थानमा अंक विहिन रहेको वेल्स छ ।