अभ्यास खेलमा नेपालले ह्युस्टन हरिकेन्सको सामना गर्दै
आइसिसी विश्वकप लिग–२ अन्तर्गतका त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो तथा अन्तिम अभ्यास खेलमा आज (शनिबार) राति ह्युस्टन हरिकेन्ससँग खेल्दैछ । पे्रर क्रिकेट भ्यू कम्प्लेक्समा खेलिने खेल नेपाली समय अनुसार राति ९:१५ बजे देखि सुरु ह’नेछ ।
कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपनि नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो । नेपाल दोस्रो अभ्यास खेलमा जित निकाल्दै तयारीलाई पूर्णरुपले सफल पार्ने योजनामा हुनेछ ।
हरिकेन्ससँगको अभ्याससँगै अमेरिका भ्रमणमा रहेको नेपालको आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी सकिनेछ ।
अमेरिका भ्रमण अन्तर्गत नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । त्यपछि दोस्रो खेलमा जेठ २६ ओमानसं खेल्दाँ जेठ २८ ले ओमान र सिरिजको अन्तिम खेलमा असार १ गते अमेरिकासंग खेल्ने छ ।
लिग २ मा नेपालले हाल सम्म १२ खेल खेल्दै ६ जित सहित १२ अंक जोडेको छ । आईसीसी विश्वकप लिग टूमा प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ जित सहित ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड २८ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ । १८ अंक जोडेको अमेरिका लिग–२ तालिकाको चौंथौ स्थानमा छ ।
नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।