विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज नेपालले युएईसँग खेल्दै
काठमाडौं / आइसीसी यू–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज नेपालले युएईसँग खेल्दै छ । युकेएम यसडी क्रिकेट ओभल बांगीमा खेलिने खेल नेपाली समय अनुसार बिहान ११ सुरु हुनेछ ।
आफ्नो सुरुवाती एक–एक खेल जितेका नेपाल र युएई उच्च मनोबलका साथ मैदान उत्रने छन् । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । यस्तै युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । दुबै टोली लगातार दोस्रो जितको खोजिमा हुनेछन् ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
नेपालले दोस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ । यस्तै भुटानविरुद्ध सोमबार खेल्दा नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी–२० महिला विश्वकप खेल्न पाउनेछ ।
नेपाली टोली
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ, आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।