युएईविरुद्ध नेपाल ८ रनमा अलआउट
आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल युएईविरुद्ध ८ रनमा अल आउट भएको छ ।
मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८ ओभर १ बलमा अलआउट भएको हो । नेपाल ८ रनमा अलआउट भएपछि युएई ले जितका लागि ९ रनको सामान्य लक्ष्य पाएको छ ।
पुरै नेपाली टिमले दोहोरो अंकमा रन बनाउन नसकेको खेलमा स्नेहा महराले सर्वाधिक ३ रन जोड्दाँ मनिष राना २ रनमा अविजित रहनु भयो । यस्तै किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १–१ रन जोड्दै खाता खोल्नु भयो । यस बाहेक अन्य ब्याटरले खाता समेत खेल्न सक्नु भएन ।
अन्जली कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव सुन्य रनमा आउट हुनु भयो ।
युएईको बलिङमा महिका गौरले ४ ओभरमा २ ओरभ मेडेन राख्दै मात्र २ रन खर्च गरेर ५ विकेट लिनु भयो । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट र पुनीत विष्णु मिश्राले २ विकेट हात पार्नु भयो ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । यस्तै युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
नेपालले भुटानविरुद्ध सोमबार खेल्दा नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी–२० महिला विश्वकप खेल्न पाउनेछ ।