एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि १९ सदस्य प्रारम्भिक टोली घोषणा
नेपाल क्रिकेट संघ क्यानले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि १९ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले शनिबार जुन १७ बाट मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि लागि १९ सदस्य टोली घोषणा गरेको हो ।
रुबिना क्षेत्रीको कप्तानीमा घोषणा गरिएको टोलीमा इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अश्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल, ममता चौधरी, रेखा रावल र ईश्वरी बिष्ट हुनु हुन्छ ।
च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।
च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ । नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।