इटाली र जर्मनीले अंक बाडे
यूईएफए नेसन्स लिग फुटबलको समूह चरण अन्तर्गत शनिबार राति भएको खेलमा इटाली र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
लिग ए समूह ३ को खेलमा इटालीले सुरुवाती अग्रता जोगाउन नसक्दाँ अंक बाड्यो । खेलको ७० औं मिनेटमा लोरेन्जो पेल्लिग्रेनीले गोल गर्दै इटालीलाई अग्रता दिलाउनु भएको थियो । तर, त्यसको ३ मिनेट पछि खेलको ७३ औं मिनेटमा जोसुआ किमिचले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काउनु भयो ।
यस बराबरीसँगै लिग ए समूह ३ को इटाली र जर्मनीले एक एक अंक जोडेका छन् । समान अंक भएका जर्मनी र इटाली क्रमस समूहको दोस्रो र तेस्रो स्थानमा छन् । यस समूहको शिर्ष स्थानमा हंगेरी रहेको छ । गय रातिनै सम्पन्न खेलमा हंगेरीले इंग्ल्यिान्डलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।