इंग्ल्यान्ड हंगेरीसंग पराजित
यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड हंगेरीसंग १–० गोल अन्तरले पराजित भएको छ । लिग ए समूह ३ को खेल अन्तर्गत शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्ड हंगेरीसंग १–० गोल अन्तरले पराजित भएको हो ।
हंगेरीको जितमा डोमिनिक सोबोस्लियाले खेलको ६६ औं मिनेटमा निर्णायक गोल गर्नु भयो । यससंगै हंगेरीले १९६२ पछि पहिलो पटक इंग्ल्यान्डविरुद्ध जित निकालेको छ ।
यस जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेको छ । हंगेरी शीर्ष स्थानमा रहेको छ । पहिलो खेल गुमाएको इंग्ल्यान्ड समूहको पुछारमा रहेको छ । गय रातिनै सम्पन्न खेलमा १–१ को बाराबरी खेलेका जर्मनी र इटाली १–१ अंक सहित क्रमस समूहको दोस्रो र तेस्रो स्थानमा छन् ।