एपीएफ मकवानपुर गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश
फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विभागीय टोली एपीएफ क्लब चौंथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पिप्ले क्याम्पा रंगशालामा आइतबार सम्पन्न खेलमा एपीएफले फ्रेन्ड्सविरुद्ध ३–० गोल अन्तरको जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।
एपीएफका लागि खेलको २९ औं मिनेटमा नविन लामाले पेनाल्टीमा गोल गर्नु भो । यस्तै ७७ औं मिनटमा सबिन गुरुङले गोल र इन्जुरी समयमा रबि थिंगले गोल गर्नु भयो ।
अब एपीएफले क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।
प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।