ओपनर द्वय आसिफ र कुशल घाईते, प्रतिस्थापनको रुपमा सुवास खकुरेल अमेरिका जाने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख र कुशल भुर्तेल घाईते भएका छन् । दुबै जना ओपनर आईसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसंगको क्रिकोणात्मक एकदिवसीय सिरिज अघि खेलिएको अभ्यास खेलका दैरान घाईते भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
क्यानका अनुसार चोटका कारण दुबै ओपनर घाईते भएपछि प्रतिस्थापनको रुपमा टोली व्यवस्थापनले विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेललाई अमेरिका बोलाउने निर्णय गरेको हो ।
नेपाल टिमका विकेटकिपर आसिफको नेपाल अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । सोही खेलमा कुशललाई फिल्डिङका क्रममा ह्याम्स्ट्रिङ समस्या भएको थियो । खकुरेलले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रयमा अन्तिम पटक २०२० फेब्रुअरीमा टियू क्रिकेट मैदानमा खेलिएको अमेरिका र ओमानसंगको क्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध खेल्नु भएको थियो ।
विश्वकप लिग अन्तर्गतको क्रिकोणत्मक शृंखला जेठ २६ देखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जेठ २६ गते ओमानसँग खेल्दैछ । दोस्रो खेल २८ गते अमेरिका, तेस्रो खेल ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्दैछ ।