थाइल्याण्डलाई पहिलो हार चखाउने योजनामा नेपाल
आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालल आफ्नो चौंथौं खेलमा आज मंगलबार थाइल्याण्डसँग खेल्दैछ । मलेसियाको युकेएम ओभलमा खेलिने दुई देशबिचको खेल बिहान ११ बजे सुरु हुनेछ ।
तुलनात्मक रुपमा थाइल्याण्ड प्रतियोगिताको बलियो टोली मध्य एक हो । त्यसकारण नेपालले थाइल्याण्डविरुद्ध जित निकाल्न उत्कष्टि खेल प्रदर्शन गर्नु पर्ने छ । जारी प्रतियोगितामा नेपालले ३ खेल खेल्दाँ २ जित र १ हारको सामना गरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा हार विहिन थाइल्याण्डले ३ खेलमा ६ अंक जोडेको छ । थाइल्याण्ड तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा समान अंक भएपनि नेट रन रेटको आधारमा युएई तालिकाको शिर्ष स्थानमा छ ।
नेपालले आफ्नो अन्तिम खेलमा अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी–२० महिला विश्वकप खेल्न पाउनेछ ।
नेपाली टोली
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ, आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।
