नेपाली सेनाको नेतृत्वमा सञ्चालित “सफा हिमाल अभियान २०२२” सफलतापूर्वक सम्पन्न
काठमाडौ / नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक श्री गोपाल प्रसाद अर्याल लगायत विभिन्न सरोकारवाला संस्थाहरु, अभियान साझेदारहरु, र सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।
सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरि चार हिमालबाट ३३ हजार ८सय केजीभन्दा बढी फोहोर (७ हजार २ सय २७ केजी कुहिने र २६ हजार ६ सय ५० केजी नकुहिने) संकलन भएको छ । संकलन गरिएको फोहोरलाई प्रमाणिकरण पश्चात वर्गीकरण, प्रशोधन, र पुनः प्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ ।