थाइल्याण्डसँग पराजित नेपालको विश्वकप खेल्ने सपना समाप्त
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौंथौं खेलमा थाइल्याण्डसँग पराजित भएसंगै नेपालको विश्वकप खेल्ने संम्भावना सकिएको छ ।
मलेसियाको युकेएम ओभलमा मंगलबार नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो ।
थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ४० रन मात्र जोड्न सक्यो ।
नेपालका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न नुकेको खेलमा सृष्टि जैशीले अविजित रहदै सर्वाधिक ७ रन बनाउनु भयो । साना प्रविनले ६, अनु कडायतले ५ रनमा आउट हुनु भयो । यस्तै कृतिका मरासिनी, अन्जली विश्वकर्मा र मनिषा कुमारी उपाध्यायले समान ३–३ रन जोड्दाँ रन्जु श्रेष्ठ र स्नेहा महराले १–१ रन बनाउनु भयो । सानु राजवंशी र मनिषा राना सुन्य रनमा आउट हुु भयो ।
थाइल्याण्डको बलिङमा नन्थिता बोसुखामले ३ विकेट लिनु भयो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो ।
थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोड्नु भयो । यस्तै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिनु भयो ।
नेपालकका लागि मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले समान २–२ विकेट लिदाँ स्नेहा महराले १ विकेट लिनु भयो ।
नेपालको यो दोस्रो हार हो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।
अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । छनोटको शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ । थाइल्याण्डको यो लगातार चौंथो जित हो । थाइल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी–२० महिला विश्वकप खेल्न पाउनेछ ।