क्यानको आफ्नै फ्रेञ्चाइज लिगका लागि गभर्निङ काउन्सिल गठन
काठमाडौं / नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद (गभर्निङ काउन्सिल) गठन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी पाँच सदस्यीय सञ्चालक परिषद गठन भएको बुधबार क्यानले जनाएको छ ।
समितिका सदस्यमा भारतीय पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल रहनु भएको छ । त्यस्तै लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसबाट जतिन अहलुवालिया सदस्य हुनु हुन्छ ।
अशोक मल्होत्राले बोर्डमा भारतको पुरुष क्रिकेट टोलीका पूर्व प्रशिक्षक, राष्ट्रिय चयनकर्ता र भारतका एकजना अन्तर्राष्ट्रिय क्रिकेटरको समृद्ध अनुभव ल्याउनु भएको छ ।उहाँको बृहत् ज्ञान र विश्वसनीय पृष्ठभूमिले नेपाल टी–२० लाई उत्कृष्ट स्तरमा चलाउन र टी–२० क्रिकेट लीगहरूमा नयाँ बेन्चमार्क सेट गर्न मद्दत गर्नेछ । क्याले विज्ञप्तिमा भनेको छ ।
क्यान आफैंले आयोजना गर्न लागेको फ्रेञ्चाइज क्रिकेट नेपाल टी–२० लिगको पहिलो संस्करण असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका रहेको छ ।
