नेपाल जोडनसंग पराजित
काठमाडौं / एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति सम्पन्न खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा समाप्त भएको खेलको दोस्रो हाफमा नेपालले दुई गोल बेहोर्यो । जोर्डनका लागि अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गर्नु भयो ।
पहिलो हाफमा जोर्डनविरुद्ध नेपालका लागि डेब्यू गर्नु भएका गोलकिपर दीप कार्कीले रानदर प्रदर्शन गर्दै जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउ गर्नु भयो । डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि खेलको ४३ औं मिनेटमा जोडनले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ६९ औं मिनेटमा ओल्वनले गोल गर्दै जोर्डनलाई सुरुआती अग्रता दिलाउनु भयो । खेलको ८२ औं मिनेटमा हाम्जाले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई २–० को जित दिलाउनु भयो । डिफेन्डर सुमन अर्यालले मोहमद सुलेमानलाई पेनाल्टी बक्सभित्र लडाएपछि जोर्डनले दोस्रो पटक पेनाल्टीको अवसर पाएको थियो ।
जितसँगै जोर्डनले पहिलो खेलमा ३ अंक जोडेको छ । हारबाट छनोटको सुरुवात गरेको नेपाल भने अंक विहिन छ । छनोटको समूह ’ए’ मा रहेको नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।