नेपालले आमेरिकाको सामना गर्दै
काठमाडौं / आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसंगको त्रिकोणात्मक सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपालले आज (शनिबार) घरेलु टोली अमेरिकासंग खेल्दैछ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा खेलिने खेल नेपाली समय अनुसार राति ९ः१५ देखि सुरु हुनेछ ।
सिरिजको पहिलो खेल गुमाएको नेपाल पहिलो जितको खोजिमा मैदान उत्रनेछ भने अमेरिका लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ । अमेरिकाले आफ्नो पहिलो खेलमा ओमानविरुद्ध १ सय १४ रनको सानदार जित हात पारेको थियो । यस्तै नेपाल ओमानसंग १२ रनले पराजित भएको थियो ।
बलिङमा सशक्त प्रदर्शनका बाबजुद ओमानसंग हार बेहोरेको नेपालले आज अघिल्लो खेलमा ब्याट्रिङमा गरेको गल्ती सुधार्दै जिम्मेवारी पूर्ण तरिकाले पिचमा उत्रनु पर्ने छ ।
चोटका कारण पहिलो खेल गुमाउनु भएका ओपनर कुशल भुर्तेल अमेरिकाविरुद्ध मैदान उत्रने सभ्भावना छ । कुशल फिट भए सुवास खकुरेलले बेञ्चमा बस्नु पर्ने हुनसक्छ । नेपालको ब्याट्रिमा दिपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको प्रदर्शन महत्वपूर्ण रहनेछ । मध्यक्रममा यो जोडीले जमेर खेल्न सके नेपालले विशाल योगफल तयार पार्न सक्छ या जस्तो सुकै लक्ष्य पनि पक्ष्याउन सक्छ । बलिङमा अघिल्लो खेलमा ५ विकेट लिनुभएका करण केशी र सोमपाल कामी तथा कप्तान सन्दीप लामीछानेको प्रदर्शन महत्वपूर्ण हुनेछ ।
नेपालका लागी अमेरिकी कप्तान नमोनांक पटेल घातक हुन सक्ने खेलाडी हुन् । उहाँले ओमानविरुद्धको खेलमा १ सय ३० रनको सानदार शतकीय इनिङ खेल्दै अमेरिकालाई विशाल योगफल तयार पार्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । अमानविरुद्धका अर्का शतकबिर सुशान्त मोदानीको ब्याट्रिमा पनि अंकुश लगानु नेपाली बलरहरुका लागि चुनौतीपूर्ण हुनसक्छ । यस्तै बलिङमा ओमानविरुद्ध पाँच विकेट लिएका अली खानसंग नेपाली ब्याटरहरुले होशियार भएर खेल्नु पर्ने आवस्यकता रहनेछ ।
नेपाल र अमेरिकाले हालसम्म एकअर्काविरुद्ध चार एकदिवसीय खेल खेलेका छन् । जसमध्य नेपाल तीन र अमेरिका एक खेलमा जित हात पारेका छन् ।
लिग–२ मा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २१ खेलमा २० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अमेरिका भ्रमण अन्तर्गतको क्रिकोणत्मक सिरिजको तेस्रो खेलमा जेठ ३१ नेपालले ओमानविरुद्ध र अन्तिम खेलमा असार १ मा अमेरिकाविरुद्ध खेल्नेछ ।
नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।