अन्तिम खेलमा नेपालले इन्डोनेसियाको सामना गर्दै
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा आज मंगलबार इन्डोनेसियाविरुद्ध खेल्दैछ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा खेलिने नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
बलियो टिम इन्डोनेसियाविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ ।यस अघि नेपालले लगातार दुई खेल गुमाईसकेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै शनिबार भएको दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४–१ गोल अन्तरले हराएको थियो ।
छनोटको समूह ’ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भईसकेको छ । नेपालका लागि आजको खेल प्रतिस्ठाको लडाई हुनेछ ।
इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कुवेतलाई हराएको इन्डोनेसिया जोर्डनसँग भने पराजित भएको थियो ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।
नेपाली टोलीः
गोलकिपरः दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा ।
डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल ।
मिडफिल्डरः आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी ।
फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ ।