नेपाल र ओमान भिड्दै
काठमाडौं / आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिमा भ्रमणमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार ओमानविरुद्ध खेल्दैछ । क्ससस्थित मोसा क्रिकेट मैदानमा खेलिने खेल नेपाली समय अनुसार ९ः१५ बजे सुरु हुनेछ ।
ओमानविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकासंग बराबरी खेल्दै अंक बाडेको थियो । यस्तै अघिल्लो खेलमा अमेरिकाविरुद्ध १३ रनको जित हात पारेको थियो ओमानविरुद्धको पछिल्लो ५ भेटमा नेपालले एक पटक मात्र जित निकालेको छ ।
लिग २ अंकतालिकामा ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ ।
नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।