अमेरीकाको टेक्सासमा आप्रवासीलाई थप कडाई गर्ने विद्येयक बहुमतले स्वीकृत, नेपाली पनि प्रभावित हुन सक्ने
टेक्सास (अमेरिका)– अमेरीकाको टेक्सासका विद्यायकले आप्रवासी (इमिग्रेण्ट) लाई थप कडाई गर्ने कानुनलाई बहुमत द्धारा स्वीकृत गरेका छन् । यो कानुन लागु हुदां प्रहरी र सुरक्षा निकायले बाटोमा हिड्दा हिड्दै पनि शङ्का लागे अमेरिकामा बसोबास गर्न पाउने कागजात छ छैन जाँच गर्न सक्छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुदार आप्रवासी नीतिलाई सहयोग हुने गरी यो साता राज्यका विद्यायकले यस्तो कानुनलाई स्वीकृत दिएका हुन् । नयाँ कानुनमा आप्रवासी प्रति उदार हुने सुरक्षाकर्मीलाई पक्राउ र जेलमा राख्ने सम्मको व्यवस्था छ । यो कानुनले कतिपय शहरले अपनाउंदै आएको कागजात विहिन पक्राउ परेपनि छाड्ने नीति (सेन्चुरी सिटी)लाई पनि प्रतिबन्ध लगाउने छ ।
टेक्सासका गभर्नर ग्रेग अवोटले यस विद्येयकलाई तत्काल हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रविद्धता जनाएका छन् । उनी रिपब्लिकन पार्टीलाई प्रतिनिधित्व गर्दै निर्वाचन भएका गभर्नर हुन् ।
टेक्ससको सिनेटमा रिपव्लिकन पार्टीको बहुमत छ । “तपाईँको अमेरिका बस्ने कानुनी कागजात देखाउनुहोस” भन्ने यो विद्येयक प्रति त्यहाँको प्रतिपक्षी डेमोक्र्याट पार्टीले विरोध जनाएको थियो । यसले भेदभाव पूर्ण व्यवहार गर्ने यो कानुनको विपक्षीको दाबी थियो ।
टेक्सास नेपाली समुुदायको पनि बाक्लो बसाई भएको राज्य हो । यो कानुन कार्यान्वयन हुदां ड्यालस, ह्यूस्टन, अस्टिन लगायत टेक्ससका विभिन्न स्थानमा बस्ने नेपाली पनि प्रभावित हुन सक्छन् । मेक्सिकोसंग सीमा जोडिएको अमेरिकाकै ठुलो मध्ये टेक्सास राज्य रिपव्लिकन पार्टीको प्रभाव क्षेत्र पनि हो ।
अमेरिकामा हाल विभिन्न स्तरमा आप्रावासी माथि कडाई भइरहेको छ । केही दिन अघि कोलोराडो डेनभरका नगर प्रहरी प्रमुखले कागजात विहिन आप्रावासीलाई हिरासतमा लिन इमिग्रेसन प्रहरी आईसीईको सक्रियता बढेको सार्वजनिक गरेका थिए । डेनभरमा एक चर्चमा शरण लिइरहेका एक आप्रावासीलाई बाहिर निस्कदां आईसीईले पक्राउ गरेपछि यसबारेमा व्यापक बहस भएको थियो । अदालतले ती आप्रावासीलाई परिवारसँग बस्न पाउने आदेश दिएपछि उनी हिरासत मुक्त भए ।
डेनभर आप्रावासीप्रति उदार शहर हो । यसका मेयरले आप्रावासीलाई धरपकड हुन नदिने बताउँदै आएका छन् । नगर प्रहरी प्रमुखले पनि मेयरको भनाई अनुसार नै काम गर्ने एक सार्वजनिक कार्यक्रममा बताएका थिए । तर, बासिंटन भने कागजात विहिन आप्रावासी प्रति उदार शहर सेन्चुरी सिटी लार्ई पैसा कम दिएर संजाय दिने पक्षमा उभिएको छ ।
(हिमालयखबरबाट)