सबै खेल गुमाउदै नेपालको एसियन कप छनोट यात्रा समाप्त
काठमाडौं / समूह चरणका सबै तीन खेलमा पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल टोलीलले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणको अन्त्य गरेको छ ।
समूह ‘ए’ अन्तर्गत कुवेतस्थित जाबिर अल अहमद स्टेडियममा बुधबार राति सम्पन्न आफ्नो अन्तिम खेलमा इन्डोनेसिसयासंग ७–० गोल अन्तरका लज्जास्पद हार बेहोर्दै नेपालले छनोटको तेस्रो चरणको अन्त्य गरेको हो ।
खेलको पहिलो हाफमा २ गोल बेहोरेको नेपालले दोस्रहाफमा थप ५ गोल खान पुग्यो । इन्डोनेसिसयाका लागि विटान सुलेमानले २, डिमास ड्राजाड, फेचरुदिन आर्यान्टो, सादिल रामदानी र इल्कान बागोट, मार्सिलेनो फर्डिनान्डले समान १–१ गोल गर्नु भयो ।
नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । डिफेन्डर सुमन अर्यालले खेलको ३३ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खादै मैदान छोड्नु पर्यो । यस अघि खराब ट्याकल गरेका कारण उहाँले पहिलो खेलको ११ औं मिनेटमा पहिलो पहेंलो कार्डको सामना गर्नु परेको थियो ।
छनोटका ३ खेलमा १३ गोल खाएको नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतविरुद्ध गर्नु भयो ।
पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित नेपालले कुवेतसँगको खेल ४–१ ले गुमाएको थियो ।
समूह एमा ९ अंकका साथ जोर्डन शीर्षस्थानमा, ६ अंकसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । नेपालले बिना कुनै अंक छनोट प्रतियोगिताको अन्त्य गरेको छ ।