राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता पोखरामा
काठमाडौं । पाँचौं संस्करणको राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता असार ६ र ७ गते पोखरामा आयोजना हुने भएको छ ।
आयोजक नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको मिति र स्थान घोषणा गरेको हो ।
पोखरा रंगशालामा रहेको अन्नपूर्ण स्केटपार्कमा आयोजना हुने प्रतियोगितामा १ सय जना पुरुष र ३० जना महिला खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा स्ट्रीट स्केटबोर्ड र पार्क स्केटबोर्ड विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिनु भयो ।
प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो स्थान हासिल गर्ने प्रतियोगिले ५ हजार प्राप्त गर्नु हुनेछ ।