नेपालले क्यानडा भ्रमण गर्ने
काठमाडौं । आइसीसी विश्वकप लिग–२ अनतर्गत स्कटल्यान्ड र नामिबियासंगको क्रिकोणत्मक एकदिवसीय सिरिज अघि नेपालले दुई टि२० आई र दुई एकदिवसिय खेलको लागि क्यानडा भ्रमण गर्ने भएको छ ।
स्कटल्यान्डमा असार २७ देखि सुरु हुने स्कटल्यान्ड र नामिबियासंगको सिरिज अघि नेपालले क्याडा भ्रमण गर्न लागेको हो ।
क्याडा भ्रमणमा नेपालले असार १४ र १५ गते लगातार दुई टी–२० आई खेल खेल्दाँ असार १५ र २० गते एकदिवसीय अभ्यास खेल खेल्नेछ । क्यानडासँगको टी–२० आई सिरिज नेपाललाई वरियता बढाउन निकै राम्रो अवसर हुनेछ । २०२४ मा वेस्टइन्डिज र अमेरिमा हुने टी–२० विश्वकपमा दुई टोली वरियताको आधारमा पुग्नेछन् । नेपाल हाल आईसीसी टी–२० वरियताको १३ औं स्थानमा छ । २०२४ टी–२० विश्वकपमा सोझैं छनोट हुन वरियताको ११ वा औं स्थान भित्र हुनुपर्ने हुन्छ ।
क्याडा भ्रमण पछि क्रिकोणात्मक एकदिवसीय सिरिजका लागी नेपाली टोली स्कटल्यान्ड जानेछ । स्कटल्यान्ड भ्रमण अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा असार २७ नामिवियाविरुद्ध खेल्नेछ । त्यस्तै असार २९ गते घरेलु टोली स्कटल्यान्डसंग, असार ३२ गते नामिबियासंग र अन्तिम खेलमा साउन १ मा स्कटल्यान्डसंग खेल्नेछ ।
विश्वकप लिग–२ मा स्कटल्यान्ड भ्रमण निकै महत्वपूर्ण हुनेछ । नेपालले अमेमिरका भ्रमणमा कमजोर प्रदर्शन गरेको थियो । अमेरिका र ओमानसँगको सिरिजमा नेपाल दुई खेलमा पराजित, एक खेलमा जित र एक खेल टाई भएको थियो । लिग–२मा नेपालले १६ खेलमा ७ जित र ८ हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।