नवनिर्वाचित एन्फा नेतृत्वले आज सपथ ग्रहण गर्दै
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वले आज पद तथा गोपनियताको सपथ र पदभार ग्रहण गर्नु हुनेछ । एन्फा कमप्लेक्समा आज साझ ५ बजे आयोजना हुने समरोहबिच नव निर्वाचित कार्य समितिका पदाधिकारीले सपथ र पदभार ग्रहण गर्नु हुनेछ । नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले सपथ ग्रहण गरोनु हुनेछ ।
सोमबार सम्पन्न भएको एन्फा नेतृत्वको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै पंकज बिक्रम नेम्वाङ चार बर्षका लागि एन्फा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । एन्फा कार्य समितिमा २३ जना हुने प्रावधान छ । २१ जनाका लागि भएको निर्वाचनमा १९ जना निर्वाचित भएका छन् । सदस्यका उम्मेद्वार रहेका ४ जनाको मत बराबर आएपछि अरु २ जनाको टुंगो बिशेष साधारणसभाले लगाउने छ । महासचिव र कोषाध्यक्ष वर्तमान कार्यसमितिले मनोनित गर्नेछ ।