महिलाको गर्भमा १३ बच्चा !
मेक्सिको/ सामान्यतया महिलाहरुले एक पटकमा कति बच्चा जन्माउ सक्छन् होला ? यसको सबै भन्दाँ सजिलो जवाफ हो एकमात्र कुनै कुनै महिलाले जुम्ल्याहा वा तिम्ल्याहा बच्चा पनि जन्माउने गर्दछन् । मानिसको प्रजनन क्षमतापनि यतीनै हुन्छ । तर, मेक्सिकोकी एक गर्भवती महिलाको गर्भमा एकैसाथ १३ सन्तान हुर्किरहेको खबर बताइएको छ । यसअघि ति महिलाले एक पटक जुम्ल्याहा र दोस्रो पटक तीन बच्चा जन्माएकी थिइन् । महिलाका पति, फायरम्यान एन्टोनियो सोरियानोका अनुसार उनीहरूका पहिले नै छ जना बच्चाहरू छन् ।
मिरर रिपोर्टका अनुसार यो केस इक्सटाप्लुका, मेक्सिकोको हो । एन्टोनियो सोरियानो र उनकी श्रीमती मारिजा हर्नान्डेज फेरि आमाबाबु बन्न लागेका छन् । मारिटजा हर्नान्डेजको अल्ट्रासाउन्ड रिपोर्टले सबैलाई चकित बनाएको छ । रिपोर्टमा महिलाको गर्भमा एक वा दुई नभई १३ सन्तान हुर्किरहेको खुलासा भएको छ । महिला पहिले नै ६ सन्तानकी आमा भइसकेकी छिन् । यदि यी १३ सन्तान सकुशल संसारमा आए यस दम्पतीका कुल १९ सन्तान हुनेछन् । ति महिलाको अल्ट्रासाउन्डको रिपोर्ट आएपछि डाक्टरहरु छक्क परेका छन् । एकै समय १३ सन्तान जन्मिय ति बच्चाहरु को पालनपोषण कसरी गर्ने भन्दै यो दम्पती चिन्तित छ । यस जोडीले आफहरुलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
स्थानीय काउन्सिलर गेरार्डो गुरेरोले यस परिवारलाई सहयोग गर्न मानिसहरूलाई अपील गरेका छन् । काउन्सिलरले पहिले त्यो व्यक्तिको पहिचान गरी सकेसम्म सहयोग गर्ने प्रयास गरिने बताउनु भयो ।
सामान्यतया गर्भमा दुई भन्दा बढी बच्चा भएमा प्रसव खतरा हुने डर हुन्छ । तर, यस मामिलामा डाक्टरले सबै १३ बालबालिका ठिक रहेको बताएका छन् । जेरार्डोले यति धेरै बच्चा जन्मनु निकै दुर्लभ घटना हो । गत बर्ष दक्षिण अफ्रिकाकी एक महिलााले एकैसाथ १० बच्चा जन्मायर विश्व कीर्तिमान स्थापित गरेकी थिईन् । (एजेन्सी)