नेपाल र बङ्गलादेशका युवाहरुबिच जलवायु परिवर्तन सम्बन्धि गोष्ठी सम्पन्न
काठमाडौं । बिहिबार ग्रीन रेन्जर अर्थ, मोक्क्ष इभेन्ट, कामना कृषि तथा अनुसन्धान प्रा.लि को आयोजनामा काठमाडौंको किङ्गस कलेजमा नेपाल र बङ्गलादेशका युवाहरुबिच जलवायु परिवर्तन सम्बन्धि गोष्ठी सप्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल र बङ्गलादेशमा जलवायु परिवर्तन अवस्था, दुबै देशमा जलवायु परिवर्तनका लागी भइरहेका काम र जलवायु परिवर्तन रोकथामका लागी युवाको भुमिका, जलवायु परिवर्तनमा मिडियाको भूमिका, जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाबको बारेमा छलफल भएको थियो । उक्त छलफल पछि युवावर्गहरु बिच बृहत रुपमा संस्कृतिक आदानप्रदान पनि गरिएको थियो ।
उक्त कार्यक्रमबाट युवाहरु केहि मात्रामा भए पनि वातावरण र जलवायु परिवर्तन सम्बन्धि सचेत भएको र कार्यक्रममा उपस्थित युवाहरुलाई जलवायु परिवर्तन कम गर्न काम गर्ने प्रेरणा मिलेको सहभागीलेहरुले बताएका छन ।