हृदयघातका कारण टेक्सासको अष्टिनमा एक नेपालीको मृत्यु
अष्टिन (टेक्सास)- अमेरिका टेक्सासको अष्टिनमा हृदयघातका कारण एक नेपाली पुरुषको मृत्यु भएको छ ।
नेपालको काठमांडौ ठमेल घर भएका करिब ४८ वर्षिय नविन रिसालको हृदयघातका कारण शनिबार मृत्यु भएको पारिवारीक स्रोतलाई उदृत गर्दै माधव भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार काम गरेको पैसा लिनलाई ग्यास स्टेशनका गएका बेला हृदयघात भएपछि उपचारका लागी स्थानीय अस्पतालमा लैजाने क्रममा बाटोमा नै उहांका मृत्यु भएको हो ।
ब्लड प्रेसर र स ुगरका बिरामी रिसालको शवलाई अहिले स्थानीय शव परिक्षण केन्द्रमा राखिएको र सोमबार पोष्टमार्टमको कार्य सकेर दाहसंस्कारको प्रक्रियामा लगिने बताइएको छ ।
करिब ६ वर्ष अघि अमेरीका आएका रिसालका श्रीमती, एक छोरा र एक छोरी अष्टिनमा बस्दै आएका छन् । हृदयघातका कारण मृत्यु भएपछि रिसाल परिवार शोकमा डुबेको छ ।