नेजस अमेरीका न्युयोर्क च्याप्टरले मन्त्री जोशीको उपस्थितीमा अन्तरक्रिया गर्दै
न्युयोर्क (अमेरीका)- नेपाली जन सम्पर्क समिती अमेरीका न्युयोर्क च्याप्टरले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसका नेता तथा उद्योग मन्त्री नविन्द्रराज जोशीको उपस्थितीमा जन सम्पर्क समिती अमेरीका न्युयोर्क च्याप्टरले यही बुधबार नेपालको समसामयीक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको हो ।
यही मे २४ तारिख बुधबार न्युयोर्कको ज्याक्सनहाइट स्थित थकाली किचनमा आयोजना हुन लागेको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोले सबैलाई सहभागीताको लागी आग्रह गरिएको जन सम्पर्क समिती अमेरीका न्युयोर्क च्याप्टर अध्यक्ष रोशन ढुङ्गानाले बिज्ञप्ती मार्फत बताउनुभएको छ ।
अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेता तथा मन्त्री जोशीले नेपालको बर्तमान राजनीतिक अवस्था र भावी दिशाका बारेमा बोल्ने तथा सहभागीहरुको प्रश्नहरुको जवाफ दिने बताइएको छ ।