न्युयोर्कमा मन्त्री जोशीको बोली, हिमाल पहाड तराई जोड्ने कांग्रेस हो
न्युयोर्क (अमेरीका)- नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा उद्योगमन्त्री नविन्द्रराज जोशीले हिमाल पहाड र तराइलाई भावनात्मक रुपमा जोड्ने काम नेपाली कांग्रेसले गरेको बताउनुभएको छ ।
नेपाली जन सम्पर्क समिती अमेरीका न्युयोर्क च्याप्टरले बुधबार न्युयोर्कमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै कांग्रेस नेता तथा मन्त्री जोशीले नेपाली कांग्रेसलाई जसले जे आरोप लगाएपनि कांग्रेस लोकतन्त्रप्रती समर्पित रहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री जोशीले नेपाली कांग्रेसका केहि व्यक्तिहरुका बारेमा बहस हुनसक्ने भएपनि कांग्रेस पार्टी प्रती गौरब रहेको बताउनुभयो ।

जन सम्पर्क समिती अमेरीका न्युयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुङ्गानाको सभापतीत्वमा सम्पन्न अन्तरक्रियामा जन सम्पर्क समितीका अध्यक्ष आनन्द विष्ट, पुर्व संयोजक विश्णु स ुबेदी, महासचिव मुनिन्द्र नेम्वाङ, गैर आवासीय नेपाली अबैतनिक सल्लाहकार तथा चर्चित कानुन व्यवसायी खगेन्द्र जि सी लगायत बिभिन्न संघ संस्थाका प्रतिनीधि तथा पदाधीकारीको सहभागीता रहेको थियो ।