अमेरिकाको मिसिसिप्पीमा अन्धाधुन्ध गोली प्रहार, एक प्रहरी सहित ८ को मृत्यु
अमेरिका- अमेरिकाको मिसिसिप्पी राज्यकाे लिंकन काउन्टीको ग्रामिण इलाकाका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा एक जना प्रहरी पनि रहेको बताइको छ। तीन विभिन्न क्षेत्रमा शनिबार राती भएको घटनाको दोषीका आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ। पक्राउ पर्ने ३५ वर्षीय विली कारी गडबोल्ट रहेकाे बताइएकाे छ ।
उसले अाफू बाँच्नका लागि याेग्य नभएकाे भन्दै अाफूलार्इ मार्न अाग्रह गरेका छन् । प्रारम्भिक अनुसन्धानमा उनी एक पेशेवर अपराधी भएकाे पाइएकाे छ ।
मृत्यु हुनेहरुमा विलियम डर नामका प्रहरीका साथै तीन पुरुष र चार महिला छन्। प्रहरी डर र तीन महिलाको शव बोग चिट्टो भन्ने ठाउँमा भेटिएको थियो। त्यस्तै ब्रुक हाभेनमा दुई पुरुष र इस्ट लिंकनमा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएका छन्।
आरोपीमाथि हाल मुद्दा भने दायर नभएको र प्रहरीले प्रमाण खोजिरहेको समाचारमाध्यमले जनाएका छन्।