गायक समिरको जन्मदिनको कोशेली “नक्कली काली” ( भिडियो सहित )
२०७४ जेष्ठ १५
काठमाडौँ- गायक समीर आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘जन्मदिनमा साथीभाईले मलाई सप्राइज गीफ्ट दिए’ आचार्यले भने, ‘मैले पनि दर्शक श्रोतालाई सप्राइज गीफ्ट ल्याएर आएको छु , ‘नक्कली काली’ बोलको गीत सुनेर, हेरेर दर्शक श्रोताले प्रतिक्रिया दिनु हुनेछ ।’
प्रदिप चापागाईको शब्द, राजनराज सिवाकोटीको संगीतमा समीरले स्वर भरेको गीतको म्यूजिक भिडियो प्रसन्न पौडेलले निर्देशन गरेका छन् । भिडियो बिदुर पाण्डेले कैद गरेको र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको रमाईलो दृश्य टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
विगत डेढ दशकदेखि संगीतकर्ममा सक्रिय समीरले गत वर्ष ‘चट्ट सलाम’, ‘दुनिया बेग्लै छ’ लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएका छन् । दाङ लक्ष्मिपुरका आचार्य हाल अध्ययनको शिलशिलामा अष्ट्रेलियामा छन् । नेपालमा रेडियोकर्म र संगीतकर्मबाट चर्चा कमाएका समीर अष्ट्रेलियामा समेत चर्चित छन् ।