एनआरएन अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहको उम्मेद्वारी घोषणा
अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलिया को अध्यक्ष पदमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालको लागि जुलाई आठ तारिखमा हुन गइरहेको निर्वाचनको लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।
अध्यक्षका उमेद्वार शाहले सामाजिक हीत र भाईचारा अभिवृद्धि गर्ने उद्देश्यले निरन्तर नेपाल र नेपालीसँग सम्बन्धित कृयाकलापहरुमा आफ्नो संलग्नतालाई निरन्तरता दिने बताए ।
अष्ट्रेलियास्थित नेपाली समुदाय र नेपाली संघसंस्थाबीच सम्बन्ध र सहकार्य बढाउँदै, अष्ट्रेलियाको नेपाली समाजलाई मातृभूमीसँग सामाजिक र साँस्कृतिक रुपमा जोड्न विभिन्न मौलिक कार्यक्रम आयोजना गर्ने कुरामा विशेष ध्यान दिने शाहको प्रतिवद्धता छ ।

शाहले सन् २००९ देखि २०१५ सम्मको कार्यकालमा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।