हङकङको टोलीमा ४ देशका खेलाडी
काठमाडौं । टि–२० एसिया कप २०२२ अन्तर्गत आज भारत र हङकङ प्रतिस्पर्धा गर्दै छन् । दुबई क्रिकेट मैदानमा खेलिने खेल नेपाली समय अनुसार साँझ ७ः३० बजेदेखि सुरु हुने छ ।
हङकङको टोलीमा ४ देशका खेलाडी खेलिरहेका छन् । जसमा भारत, पाकिस्तान, इंग्ल्याण्ड र हङकङका खेलाडी रहेका छन् । टोलीका कप्तान निजाकत खान पाकिस्तानमा जन्मिनु भएको हो भने उपकप्तान किन्चित शाह भारतका हुनु हुन्छ । त्यस्तै, टोलीका विकेटकिपर स्कट म्याकेनीको जन्म इङ्ल्यान्डमा भएको थियो । टोलीमा हङकङ बाहिरका आधा दर्जनभन्दा बढी खेलाडी छन् ।
कुन खेलाडी कुन देशका ?
किन्चित शाह–भारत
आयुष शुक्ला–भारत
बाबर हयात–पाकिस्तान
निजाकत खान–पाकिस्तान
यासिम मोर्तजा–पाकिस्तान
जिशान अली–पाकिस्तान
स्कट म्याकेनी–इङ्गल्याण्ड