च्याम्पियन्स लिगको उपाधि रियाल मड्रिडलाई
जेठ २१, काठमाण्डौ । च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले जितेको छ । इटालियन महारथी युभेन्ट्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै रियालले कीर्तिमानी १२ औ पटक प्रतियोगिताको उपाधि हात पारेको हो ।
युरोपेली क्लब फुटबलको जब्बर डिफेन्स मानिएको युभेन्ट्सको रक्षा पङ्तीलाई ध्वस्त बनाउदै रियालले ४ गोल बर्सायो ।
त्यसको सूरुवात २० औ मिनेटमा रोनाल्डोले गरे । त्यसको ७ मिनेटपछि मारिया मान्डाजुकीले खेल बराबरीमा ल्याएपनि रियालले आक्रमणलाई थप शसक्त बनायो । ६१ औ मिनेटमा क्यासमिरोले गोल गर्दै रियाललाई खेलमा पुन अग्रता दिलाए ।
त्यसको ३ मिनेटपछि रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै च्याम्पिन्स लिगमा १ सय ५ गोलको कीर्तिमान लेखाए । खेलको अन्तिम मिनेटमा एसेन्सीयोले गोल गर्दै रियाललाई फराकिलो जित दिलाए ।
स्पेनिस लिगको उपाधि विजेता रियालले च्याम्पिन्स लिगको उपाधि रक्षा गरेको छ । प्रतियोगिताको उपाधि रक्षा गर्ने रियाल पहिलो टोली बन्यो ।
जिनेदिन जिदानले रियालको प्रशिक्षकको रुपमा सर्वकालिन महान व्यवस्थापकको रुपमा आफुलाई स्थापित गरे ।