लण्डन ब्रिज घटना : मध्ये लण्डनस्थित एक प्रमुख पुल बन्द
लण्डन- एउटा गाडी सडक पेटीमा हिंडिरहेका यात्रुमाथि जोताइएपछि सशस्त्र प्रहरीले मध्ये लण्डनस्थित एक प्रमुख पुल बन्द गराएको छ।
सो घटनास्थलमा रहेका सम्वाददाताले एउटा सेतो भ्यान पाँच वा छ जना मानिस भएतिर सोझिएको आफुले देखेको बताएका छन्।
प्रहरीका अनुसार घटनामा कम्तीमा एक जनाको ज्यान गएको छ। केही हताहती भएको प्रहरीले बताएको छ।
प्रहरीका एक सूत्रले हतियारधारी भएको हुन सक्ने तीन जना संदिग्धहरुलाई प्रहरीले खोजिरहेको बताए।
यसबीच लण्डन प्रहरीले नजिकै बरा बजार क्षेत्रमा चाकु हमला भएको खबरबारे सोधखोज गरिरहेका छन्। केही गोली चलेको बताइएको छ।
साथै भक्सहल क्षेत्रमा पनि अर्को घटना भएको विवरण आएका छन्।