प्ररिमाजित भए बैंकको ब्याजदर
काठमाडौं । असोजको लागि बैंकहरुले बैंकको प्ररिमाजित ब्याजदर सार्वजनिक गर्न थालेका छन् । केही बैंकहरुले ब्याजदर सार्वजनिक गर्दा दशमलवपछि ३ अंक राखेर सार्वजनिक गरेसँगै अहिले अधिकांश बैंकहरुले पनि उक्त ब्याजदरलाई अनुसरण गर्दै दोर्याएर ब्याजदर सार्वजनिक गरेका हुन् । गत भदौ ३१ धेरै बैंकले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरे तर केहि बैंकले भने दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरेका थिए । जसअनुसार केही बैंकले १२.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए ।नेपाल बैंकर्ससंघको बिहीबार बसेको कार्य समिति बैठकले ६ महिनादेखिको सिन्डिकेट खारेज गरेर बैंकहरुलाई नै ब्याज दर निर्धारण गर्ने अधिकार दिएको छ। अब अघिल्लो महिनाको औसतको १० प्रतिशतका दरले ब्याज दर तल वा माथि गर्न पाइन्छ। अहिले तरलताको चरम अभाव भएकाले बैंकहरुले ब्याज १० प्रतिशतले वृद्धि गर्ने छन्।

केही बैंकले ब्याजदर निर्धारणमा चलाखी गरेसँगै निक्षेप खोसिने डरमा अहिले बैंकहरुले धमाधम दशमलवपछि ३ अंक राख्दै ब्याजदर सार्वजनिक गरेका हुन् । बुधबारमात्रै आधा दर्जनभन्दा बढी बैंकले दशमलवपछि ३ अंक राखेर दोर्याएर ब्याजदर प्रकाशित गरेका छन् । बुधबार हिमालयन, मेगा, लक्ष्मी, प्रभु, सिभिल, स्ट्यान्डर्ड चाटर्डलगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।